भारतको आन्ध्र प्रदेशमा भालेको आक्रमणमा परेर एक व्यक्तिको ज्यान गएको छ। उनी अवैध भालेजुधाइ हेर्न गएका थिए।
भारतको सर्वोच्च अदालतले भालेजुधाइलाई अवैध घोषित गरेको छ।
प्रहरीले जनाएअनुसार भालेजुधाइका लागि भालेको खुट्टामा ब्लेड कसिएको हुन्छ। भाले तर्सेर दर्शकको भीडमा उड्दा सोही ब्लेडले पेटमा लागेर सरिपाल्ली बेंकटेश्वर राव नामक ५५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले भालेजुधाइका आयोजकमाथि कारवाही चलाएको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया