ad ad

समाज


सप्तरीमा बाबुलाई घरभित्र थुनेर छोरीलाई सामुहिक बलात्कार, चार आरोपी पक्राउ

सप्तरीमा बाबुलाई घरभित्र थुनेर छोरीलाई सामुहिक बलात्कार, चार आरोपी पक्राउ

नेपालखबर
साउन २, २०८० मंगलबार १४:१७, काठमाडौँ

महिलालाई बन्धक बनाएर सामुहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको कंचनरुप–१२ का अन्दाजी वर्ष ४० को कैलास भन्ने टेकराज पोख्रलले, वर्ष २१ को दिपेश सुवेदी, वर्ष २४ को सुदिप भुजेल र वर्ष २२ को मनोज विश्वकर्मा रहेका छन्।

उनीहरुले असार २९ गते राति अन्दाजी साढे १० बजेको समयमा स्थानीय खरिन्द्र खड्काको घरमा उनकी छोरीसँग आशिष खान कुरा गरेर बसिरहेको अवस्थामा आशिस खानलाई घरभित्र कोठामा थुनि ती युवतीलाई मुख छोपि बलपुर्वक उठाई लगेका थिए।

प्रहरीका अनुसार उनीहरुले गाउँकै सोमबहादुर मगरको घरमा लगेर कैलाश पोख्रलको आदेशमा दिपेश सुवेदी, सुदिप भुजेल, मनोज विश्वकर्मा समेतले खुकुरी देखाउँदै धाक धम्की दिँदै पालैपालो जबरजस्ती करणी गरी युवतीलाई घरमा पुर्‌याएका थिए।

पीडित युवती र उनका अभिभावकले ईप्रका कन्चनपुर सप्तरीमा दिएको लिखित जाहेरी दरखास्तका आधारमा ईप्रका ठेलियाको टोलीले घटनामा सम्लग्न चार जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रकृया सुरु गरेको हो। निजहरु विरुद्ध ‘जबरजस्ती करणी सम्बन्धी कसुर’मा म्याद थपका लागि सप्तरी जिल्ला अदालततर्फ पठाईएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .