प्रहरीले जनकपुरका युवा दिलीपकुमार महतोलाई किचेर मार्ने टिपरका चालकलाई पक्राउ गरेको छ।
मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान साथीसँग मर्निङवाक गएका बेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो। अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको मृत्यु रहस्यमयी भएको र हत्यारालाई बचाउन प्रहरी प्रशासनसमेत लागेको भन्दै स्थानीयले विरोध गरेका थिए। दिलीपको पहिला हत्या गरी त्यसपछि उनको शरीरमा टिपर चढाइएको आफन्त र स्थानीयले आरोप लगाउँदै आएका छन्।
दिलीपलाई किचेर मारे लगत्तै फरार रहँदै आएका ना ७ ख ६४१३ नम्बरको टिपरका चालक मुनिन्द्र महतोलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।
उनलाई ढल्केबर नजिकबाट पक्राउ गरि अनुसन्धान प्रकृया अगाडि बढाएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।
याे पनि:
क्रसर सञ्चालकले दुई दिनअघि मात्र धम्की दिएका थिए: छोरालाई सम्झाउनुस्, नत्र जिउमै टिपर चढाइदिन्छु
प्रतिक्रिया