चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्ने भएका छन्।
म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति सीले म्यानमारको भ्रमण गर्न लागेकोअधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताए।
भेटमा दुई देशबीचको अपसी सम्बन्धका विषयमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया