गत १९ गते दार्चुलाको ब्यास गाउँपालिकामा गएको हिमपहिरोमा हराइरहेकामध्ये बुधबार थप एक जनाको शव फेला परेको छ।
योसँगै सो घटनामा बेपत्ता ५ जनाकै शव फेला परेको हो।
डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया क्षिमी सोमो थापाको शव सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङ्रुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक केशवदत्त जोशीको कमाण्डमा गएको टोलीले फेला पारेको हो।
यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल उनको शव फेला परेको हो।
अहिले शव निकाल्ने प्रयास भइरहेको छ भने थप मद्दतको लागि सो गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक इश्वरीदत्त भट्टको टोली पनि त्यसतर्फ जाँदै गरेको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
33
Shares
प्रतिक्रिया