ad ad

समाज


मिटरब्याज चलाउने नेता भए पनि सरकारले छाड्दैन : गृहमन्त्री श्रेष्ठ

मिटरब्याज चलाउने नेता भए पनि सरकारले छाड्दैन : गृहमन्त्री श्रेष्ठ

फाइल तस्बिर


नेपालखबर
बैशाख १७, २०८० आइतबार १२:४७, जनकपुरधाम

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबारे अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन्। 

आइतवार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताए। 

मधेसमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै मन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले
उन्मुक्ति नपाउने जिकिर गरे। 

मन्त्री श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जो कोही राजनीतिक पार्टीका व्यक्ति र पहुँचवाला व्यक्तिहरुलाई
सरकारले कारबाही गर्ने चेतावनी दिए। 

उनले मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दलका कार्यकर्ताहरुलाई समेत कानूनी दायरामा ल्याइने चेतावनी दिए।

‘सामन्तवादको केही भद्दा अवेशेषहरु अझैसम्म बाँकी छन्। यो हाम्रो लागि लज्जा र दुःखको विषय हो। यो मिटरब्याजी विषय लज्जाको विषय हो। किसानहरु पीडित छन्। गरिव किसानले न्याय पाएनन् भने राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुन सक्दैन', उनले भने, 'अहिलेको ऐनका व्यवस्थाबाट ठगीको सन्दर्भलाई अघि सारेर केही कारबाही त गर्न सकिन्छ तर त्यो पर्याप्त छैन, मिटरब्याजी सम्बन्धी कानूनमै कारबाहीको प्रकरणलाई नै कानूनमा राखेर मन्त्रिपरिषद्ले त्यो प्रक्रिया अघि बढाइसकेको छ। हामी पीडितलाई जसरी पनि न्याय दिनेछौँ र पीडकलाई कारबाही गर्नेछौँ। यो हाम्रो प्रतिवद्धता हो।'

उनले आफू यसपटक गृहमन्त्री रहेको बताउँदै अर्को पटक फेरि मिटरब्याजी समस्या समाधान गर्न छानबिन गर्नु नपर्न गरी अघि बढेको बताए। 

'पीडक पीडक हो, पीडित पीडित हो, त्यो कुनै पार्टीको भन्ने म चिन्दिन। सरकार चिन्दैन। कुनै पार्टीको नेता वा पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने कारबाही हुन्छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .