चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले वि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफूले घुस मागेको आरोपको पुस्ट्याई गर्न चुनौती दिएका छन्।
उपाध्यक्ष गिरीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घुस मागेको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै कानूनी उपचारमा जाने बताएका छन्।
उनले आफूमाथि लगाएको आरोप समाचार माध्यममा आउँदा आश्चार्यमा परेको बताउँदै कपोलकल्पित आरोप लगाइएको बताए। आयोगका उपाध्यक्ष गिरीले आफू १५ मंसिरमा द्धारिकाज होटलमा नगएको र प्रसाइसँग भेट नभएको बताउँदै आरोप पुष्टि गर्न चेतावनी समेत दिएका हुन्।
उपाध्यक्ष गिरीले विकृत मनस्थिति भएका व्यक्तिले आरोप लगाएको भन्दै त्यसमा सत्यता नभएको दावी गरे।
वि एण्ड सीका कार्यकारी निर्देशक दुर्गा प्रसाइले बुधबार पत्रकार सम्मेलन गरी मेडिकल कलेजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ अथवा १० प्रतिशत शेयर घुस मागेको आरोप लगाएका थिए।
Shares
प्रतिक्रिया