लामो समयको विवाद र झैझगडापछि शिवराज श्रेष्ठसँग बिहे गरेकी निहारिका राजपूत भन्ने सोनाली कुमारी सिंह कोठामै अचेत भेटिएकी छन्।
गत माघ २७ गते शिवराजसँग बिहे गरेकी उनी बिहीबार दिउँसो जनकपुर उपमहानगरपालिका-४ स्थित डेरामा अचेत रहेको खबर आएपछि प्रहरीले उद्दार गरेर अस्पताल लगेको छ।
'उनी कोठामा अचेत भेटिएकी हुन्। अहिले प्रहरी टोलीले उद्दार गरेर प्रादेशिक अस्पतालमा जनकपुर भर्ना गरेको छ', उनले भने, 'उपचार जारी रहेकाले सोधपुछ गर्न बाँकी छ।'
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमका अनुसार उनले विष पिएको आशंका गरिएको छ। तर यसको पुष्टि हुन बाँकी छ। उनले विष पिएको आशंका गरिए पनि यसको पुष्टि भइनसकेको गौतमले बताएका छन्।
उनी लामो समयदेखि शिवराज श्रेष्ठसँग मुद्दा लड्दै आएकी थिइन्। तर केही महिनाअघि उनैसँग बिहे गरिन्।
लामो कानुनी लडाइँ र विवादपछि निहारिका र शिवराजले माघमा जानकी मन्दिरमा विवाह गरेका थिए। तर बिहेलगत्तै शिवराजसँग निहारिकाको खटपट सुरु भएको थियो।
तर शिवराजसँग फेरि खटपट सुरु भएपछि उनी बच्चा लिएर जनकपुरस्थित डेरामा एक्लै बस्न थालेकी थिइन्।
अदालतमा गएर मिलापत्र गरेको २ हप्तापछि औपचारिक रुपमा विवाह गरेका दुवैबीच सम्बन्ध बिग्रिएपछि निहारिका डेराको बास बसेकी हुन्। बिहेअघि निहारिकाले शिवराजलाई बलात्कारको मुद्दा हालेकी थिइन्।
Shares
प्रतिक्रिया