ad ad

समाज


रामेछापमा ७२ वर्षीया वृद्धालाई नागरिकता प्रदान

रामेछापमा ७२ वर्षीया वृद्धालाई नागरिकता प्रदान

नेपालखबर
चैत २५, २०७९ शनिबार २१:५५, काठमाडौँ

जिल्लाको रामेछाप नगरपालिका–५ हिमगङ्गाका ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाएका छन्। 

अपाङ्गता भएका एक जना र ७२ वर्षीया वृद्धालाई प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आज घरमै पुगेर नागरिकता प्रदान गरेका हुन्।

रामेछापका प्रमुख जिल्ला अधिकारी निरौलाको नेतृत्वमा गएको टोलीले अपाङ्गता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारलाई नागरिकता प्रदान गरेको हो।

बहत्तर वर्षीया सुनुवारको यसअघि पनि नागरिकता बनाउन प्रयास गरिए पनि सफल नभएको वडा सदस्य रोजकुमार श्रेष्ठले बताए।

नागरिकता नबन्दा उनीहरू सामाजिक सुरक्षा भत्तालगायतका सरकारी सेवा सुविधाबाट बञ्चित भएका थिए। प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयको टोली घरमै आएर नागरिकता दिएपछि आफूलाई असाध्यै खुसी लागेको भक्तमायाका आफन्त मैया सुनुवारले बताए।

यातायातको सहज पहुँच नहुँदा अपाङ्गता भएका व्यक्ति तथा वृद्धालाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबार घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ। 

अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएकाले जिल्लामा अरु पनि त्यस्ता व्यक्ति भए घरमै पुगेर सेवा दिने योजना रहेको प्रमुख जिल्ला अधिकारी निरौला बताए।  

नागरिकता प्राप्त गरेका माझी र सुनुवारको सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै प्रक्रिया अघि बढाउने रामेछाप नगरपालिकाले जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .