ad ad

समाज


एसपी मल्लले ‘चार्ज’ बुझाएर रमानापत्र बुझे

एसपी मल्लले ‘चार्ज’ बुझाएर रमानापत्र बुझे

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ९:५९,

सरुवा भएको १४ दिनपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले रमाना पत्र बुझेका छन्।

सरुवा भएको लामो समयसम्म रमाना नबुझेपछि बिहीबार १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न प्रदेश ३ प्रहरी कार्यालयले निर्देशन दिएको थियो।

तर, प्रदेश प्रहरी कार्यालयले निर्देशनपछि पनि बिहीबार आफू भीआईपीको सुरक्षामा लागिरहेको भन्दै उनले रमाना बुझेका थिएनन्। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिहीबार चितवन भ्रमणमा थिए।

शुक्रबार बिहान एसपी मल्लले डीएसपीलाई चार्ज बुझाएर रमाना बुझेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो। मल्लको सरुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ भने चितवनमा एसपी गंगा पन्तको सरूवा भएको छ।

 उनीमाथि राजनीतिक संरक्षणको आडमा चेन अफ कमान्ड नमानेको आरोप लाग्दै आएको छ। एसपी मल्ल नेकपा अध्यक्ष प्रचण्डका पूर्व पीएसओ हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .