ad ad

समाज


काठमाडौँ उपत्यकासहित पहाडी भेगमा वर्षाको सम्भावना

हावाहुरी पनि आउने अनुमान
काठमाडौँ उपत्यकासहित पहाडी भेगमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
चैत १, २०७९ बुधबार ७:२०, काठमाडौँ

आज पनि काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले दिएको जानकारीअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षा हुने सम्भावना देखिएको हो। 

‘आज अपराह्नतिर काठमाडौँ उपत्यकामा पनि गड्यागुडुङ र हावाहुरीसहित क्षणिक/हल्का वर्षा हुने सम्भावना देखिएको छ’, उनले भने। 

यस्तै आज राति पनि कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा  मेघगर्जन÷चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको जानकारी पनि मौसमविद् श्रेष्ठले दिए। तर यो अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .