ad ad

समाज


दाङमा हतियारका आडमा चन्दा आतंक, पीडितलाई पिछा गर्दा पक्राउ परे राजकुमार

दाङमा हतियारका आडमा चन्दा आतंक, पीडितलाई पिछा गर्दा पक्राउ परे राजकुमार

नेपालखबर
पुस १७, २०७६ बिहिबार ८:२४,

प्रहरीले दाङको घोरहीबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

बुधबार साँझ प्रहरीले घोराही उपमहानगरपालिका प्रगतिटोल बडराबाट रोल्पा परिवर्तन गाउँपालिका–५, राङकोटका ३४ वर्षीय राजकुमार दमाईलाई पक्राउ गरेको हो। उनका साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान र सोको गोली १ थान बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले दमाईले हतियारको आडमा विभिन्न व्यक्तिहरुलाई धम्की दिएर चन्दा उठाउँदै आएको बताएको छ।

कमेही दिन अगाडि उनले घोरही १५ बीपी चोक बस्ने ४८ एक व्यक्तिलाई धम्की दिई १३ लाख रुपैयाँ चन्दा मागेको थिए।

ती व्यक्ति ३ लाख रुपैयाँ लिएर उनलाई भेट्न प्रगितिटोल बडरा गएको भन्ने गोप्य सूचनाका आधारमा पिछा गर्दै गएको थियो।

पीडितलाई पिछा गर्दै गएको प्रहरी टोलीले प्रगितिटोल बडराबाट लु५६प ८०६७ नम्बरको मोटरसाइकल र सो पेस्तोलसहित पक्राउ गरेको हो।

पक्राउ परेका राजकुमारलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .