चिनियाँ स्मार्टफोन निर्माता साओमीले आगामी पाँच वर्षमा फाइभ जी र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा ७ अर्ब डलरभन्दा बढी रकम खर्चिने भएको छ।
अबको समयमा अर्थतन्त्रको खम्बा मानिएको यी दुई प्रविधिमा तीव्र प्रतिस्पर्धा बढेको छ।
प्रमुख कार्यकारी लेइ जुनले बिहीबार ७.१८ अर्ब डलर लगानी गर्ने घोषणा गरेका हुन्।
यद्यपि साओमीले हुवावेसँग चर्को प्रतिस्पर्धा गर्नुपरिरहेको छ। एजेन्सी
प्रतिक्रिया