अफ्रिकन मूलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा) मा कार्यरत सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ।
केन्द्र मालीमा मङ्गलबार भएको उक्त विस्फोटनमा परी पाँचजना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ।
मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उनले बताए। मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन्। रासस
15
Shares
प्रतिक्रिया