ad ad

समाज


दुई भारतीय र एक नेपालीको साथबाट चार किलो यार्सागुम्बा बरामद

दुई भारतीय र एक नेपालीको साथबाट चार किलो यार्सागुम्बा बरामद

नेपालखबर
पुस ७, २०७६ सोमबार १३:५,

प्रहरीले ४ किलो २ सय ग्राम अवैध यार्सागुम्बासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ जना भारतीय र एक नेपाली छन्।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सोमबार चेकजाँचका क्रममा यूके ०४ टिबी १९६७ नम्बरको कारमा सो परिणामको यार्सागुम्बा फेला पारेको हो। पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का ४८ वर्षीय गर्जे सिँह महरा तथा भारत उतराखण्ड ग्राम लत्ता बस्ने ३२ वर्षीय प्रम सिंह र उतराखण्डकै ग्राम सल्ना बस्ने ३२ वर्षीय हरिश सिंह रहेका छन्।

कारको भित्री पार्टपूर्जा मेकानिक्सद्वारा खोली जाँच गर्ने क्रममा चालकको सिट पछाडिको सिटहरूको दुबै साईडमा रहेको बोतल स्ट्याण्डमा उक्त परिमाणको यार्सागुम्बा लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै जनालाई बरामद सवारी साधन र यार्सागुम्बा सहित आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .