महानगरीय प्रहरी कार्यालय रानीपोखरी (उपत्यका हेर्ने प्रहरी इकाई) को प्रमुखको जिम्मेवारी डीआईजी विश्वराज पोखरेलले सम्हालेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता रहेका पोखरेलको केही दिन अघि सरुवा भएको थियो।
उनले उपत्यकाबासीको धनजनको सुरक्षा, संगठित अपराध नियन्त्रण र बढ्दो वित्तिय अपराध नियन्त्रणका लागि इमान्दारी साथ काम गर्ने प्रतिवद्धता जनाए।
‘प्रहरीमा व्यवसायिकताको अभिवृद्धि गर्दै टिम वर्कमा काम हुन्छ, बाँकी जनताले कामको मूल्यांकन् गर्नेछन्’, नेपालखबरसँग कुरा गर्दै डीआईजी पोखरेलले भने।
काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका पोखरेल प्रहरीभित्र व्यवसायिक अधिकृतका रुपमा परिचित छन्।
प्रतिक्रिया