प्रहरीले नक्कली घ्यूमा सक्कली ब्रान्डका स्टिकर टाँसेर बेच्ने तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १५ का ३३ वर्षीय अनिल श्रेष्ठ, सोही स्थानका ३७ वर्षीय रमेश श्रेष्ठ र भारत विहारका २५ वर्षीय रामविलास यादव रहेका छन्।
वीरगञ्ज महानगर–(१५ लक्ष्मणवा ब्रहमचोकस्थितमा अनिले श्रेष्ठले सञ्चालन गरेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उधोगमार्फत नक्कली घ्यू बिक्री वितरण भएको सूचनाका आरधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
सो उद्योगमार्फत रसायन मिसावट गरी पूजा, दुर्गा र गोकुल शुद्ध घ्यूको स्टिकर लगाई नक्कली घ्यू उत्पादन तथा बिक्री बितरण हुँदै आएको प्रहरीले जनाएको छ।
प्रहरीले साने उद्योगबाट पुजा, दुर्गा र गोकुल ब्रान्डका ६२४ किलो घ्यू, ५८० किलो डाल्टा घ्यू तथा घ्यु बनाउन प्रयोग हुने रसायन र भाँडाकुँडा र लेवलिङ गर्न प्रयोग हुने बिभिन्न वान्डका स्टिकरहरु समेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्हरीले जनाएको छ।
प्रतिक्रिया