कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर क्षेत्रका विद्यालय पुस ३ र ४ गते विदा दिएको छ।
अत्यधिक चिसो बढेका कारण दुई दिन विदा दिइएको नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ। माैसममा सुधार भए विद्यालय खाेल्न सकिने र माैसम प्रतिकुल भएमा विदा थप गरिने सूचनामा उल्लेख छ।
तराईमा केही दिन यता बाक्लो हुस्सु लाग्नुका साथै अत्यधिक चिसो बढेको छ।
प्रतिक्रिया