ad ad

प्रविधि


बरफिलो पानीमा डुब्न लागेका किशोरलाई ‘आइफोन सिरि’ले जोगायो

बरफिलो पानीमा डुब्न लागेका किशोरलाई ‘आइफोन सिरि’ले जोगायो

नेपालखबर
पुस २, २०७६ बुधबार ११:४६,

सिरिको मद्दतमा हामी इन्टरनेट खोज, फोन कल, सफ्टवेयर अपडेट लगायतका कार्यहरु गर्न सक्छौं। त्यसका लागि हामीले बोलेर निर्देशन दिनुपर्छ।

हालै आइफोनको यही सिरिले एक किशोरको ज्यान जोगाएको छ। अमेरिकी राज्य लोवामा १८ वर्षका गेल साल्सेडो गत हप्ताको मंगलबार घर फर्कने क्रममा कारसँगै दुर्घटनामा पर्दा बरफिलो पानीमा खसेका थिए।

कार बरफिलो पानीमा डुब्दै गर्दा गेल साल्सेडोले सिरिको मद्दतमा ९११ मा फोन गर्न सफल हुन्छन्। आकस्मिक सेवामा आफू डुब्दै गरेको बताएपछि उनलाई उद्धार गर्न केहीबेरमै उद्धारकर्ताहरु आइपुग्छन्।

Gael Salcedo told KIMT he was grateful to his rescuers. Pic: KIMT

उनको ज्यान जोगिन्छ। गेल साल्सेडो भन्छन्,‘कार पानीमा डुब्दै गर्दा मैले ज्यान जान्छ होला भन्ने सोचेको थिए। तर आइफोन नजिकै भएकोले मैले आइफोनको सिरि फिचर प्रयोग गरे। यसकारण मेरो ज्यान जोगियो।’

उनका अनुसार उनले ‘हे सिरि, कल ९११’ भनेका थिए। त्यसपछि सिरिले ९११ मा फोन गरिदिएको थियो। स्काइन्युज

Image result for iphone seri

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .