ad ad

कला


शशी थरुरलाई अकादमी पुरस्कार

शशी थरुरलाई अकादमी पुरस्कार

नेपालखबर
पुस २, २०७६ बुधबार ११:४८,

कांग्रेस सांसद र पूर्व केन्द्रीय मन्त्री शशी थरूरले भारतीय साहित्यिक क्षेत्रकै ठूलो सम्मान पाउने भएका छन्। थरूरलाई अंग्रेजी भाषामा गरेको योगदानका लागि साहित्य अकादमी पुरस्कार २०१९ प्रदान गरिेने भएको छ।

उनलाई भारतमा तत्कालीन अंग्रेज शासकहरुको समयकालमा आधारित ‘एन एरा अफ डार्कने’ कृतिका लागि प्रदान गरिएको हो। यो पुस्तक २०१६ मा सार्वजनिक गरिएको थियो।

साहित्य अकादमी संस्थाले बुधबार २३ भाषाहरुमा योगदान दिने व्यक्तिहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको हो। यसमा हिन्दी, अंग्रेजी, तमिल, असमिया, बंगला र २३ अन्य भाषाहरू रहेका छन्। थरूरले अंग्रेजी भाषाका लागि सो पुरस्कार पाउने भएका हुन्।

केरलाको तिरुवनन्तपुरमबाट निर्वाचित कांग्रेस सांसद थरूरले २०१६ मा यो पुस्तक लेखेका थिए। ‘इन्ग्लोरेयर एम्पाएरः ह्वाट द ब्रिटिस डिड टु इन्डिया’ को नाममा बेलायतबाट समेत प्रकाशित भएको छ। यो किताब प्रकाशनको ५० हजारभन्दा बढी प्रति बिकेको थियो।

यस पुस्तकमा थरूरले इतिहासको एक अंशका रुपमा रहेको भारतमा बेलायती शासनको बारेमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .