काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीका अनुसार घाइतेहरुको उपचारका लागि स्थानीय मेडिकलमा पुर्याइएको छ।
साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको थियो। बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरुको स्थानीय मेडिकल पठाइएको जिल्ला प्रहरी धादिङले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराबाट खटिएको ७ जना, इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको १० जनाको टोली उद्धारमा खटिएको प्रहरीले जानकारी दिएको छ।
घटनाको थप विवरण भने आउन बाँकी भएको प्रहरीले जनाएको छ।
342
Shares
प्रतिक्रिया