ad ad

समाज


‘पिंजडामा पालिएका कुखुराबाट उत्पादित अण्डा अस्वस्थकर’

‘पिंजडामा पालिएका कुखुराबाट उत्पादित अण्डा अस्वस्थकर’

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १५:१०,

पिंजडामा पालन गरिएको कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुने एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन्। उनीहरुले देशका अधिकांश ठाउँमा पिंजडाभित्र कखुुरापालन गरिंदै आएकाले पिंजडामुक्त खोरका बारेमा चेतना जगाउनुपर्ने औंल्याए।

पिंजडामुक्त खोरको प्रयोग र विस्तारका लागि अभियान चलाएको एनिमल नेपालद्वारा आयोजित कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले जीवनयापनका लागि पशुपंक्षीलाई पनि उपयुक्त वातावरण चाहिने भएकाले पशु अधिकारका विषयमा मानिस सचेत हुनुपर्ने बताए। ‘मानिसले पशुपंक्षीको अधिकार हरन गर्ने काम गरेका छन्, उनले भने, ‘पशुपंक्षीको अधिकारको विषयमा सरकार गम्भीर बन्नुपर्ने देखिन्छ।’

एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले प्राकृतिक वातावणमा रमाएर हुर्किएको पशुपक्षीको मासु, दूध र अण्डाबाट मात्र आवश्यक पौष्टिक तत्व पाइने बताए। ‘औषधि र सुईको प्रयोगले उत्पादन वृद्धि गर्ने गरिएको छ’, उनले भने, ‘प्राकृतिक र अर्गानिक वस्तुको सेवनमा जोड दिई मानव स्वास्थ्यको क्षेत्रमा संवेदनशील बन्न अति आवश्यक छ।’

जोशीले १२० दिनको अवधिमा तयार हुने ब्वायलर कुखुरालाई औषधि सेवन गराई ३५ दिनमै तयार गर्न लागिएको बताए। पशुकल्याणको विश्वव्यापी मान्यतालाई स्थापित गर्नका लागि अभियान सञ्चालन गरिएको उनले बताए। संस्थाका कार्यक्रम संयोजक निर्मल शर्माले पहिलो चरणमा काठमाडौँ र चितवनमा अभियान सञ्चालन गरिएको बताए। ‘मुलुक कुखुरा र अण्डामा आत्मनिर्भर भएको छ’, उनले भने, ‘आत्मनिर्भर भएरमात्र पुग्दैन, स्वस्थकर वस्तुको उत्पादनमा विशेष जोड दिनुपर्छ।’

रेष्टुरेन्ट व्यवसायी हरिप्रसाद भेटवालले मानिसको स्वास्थ्यसँग सरोकार राख्ने विषयहरुमा सबैको सहकार्य आवश्यक रहने बताए। उनले राज्यका नीतिनिर्माण तहमा बस्ने व्यक्तिहरु पनि उपभोक्ता नै भएकाले उपभोक्ता अधिकार हननका विषयमा चनाखो हुनुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .