ad ad

कारोबार


सामाजिक सुरक्षा योजनामा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई निर्देशन

सामाजिक सुरक्षा योजनामा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई निर्देशन

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १४:१४,

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा योजनामा सहभागी हुन निर्देशन दिएको छ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्था र त्यसमा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि निर्देशन दिएको हो।

‘सामाजिक सुरक्षा ऐन, २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ मा भएको व्यवस्थाबमोजिम इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकण गर्ने व्यवस्था गर्नु/गराउनु’, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा भनिएको छ।

पटक पटक कोषमा सूचीकृत हुन समयावधि थप गरिएको भए पनि बैंक तथा वित्तीय संस्था सूचीकरण प्रक्रियामा सहभागी हुन नआएको भन्दै श्रम मन्त्रलायले वित्तीय क्षेत्रलाई निर्देशन दिन राष्ट्र बैंकसमक्ष आग्रह गरेको थियो। सरकारले श्रमिकको भविश्यलाई जोखिमुक्त बनाउने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। बुधबारसम्म एक लाख ३१ हजार ५७७ श्रमिक र ११ हजार ७९७ रोजगारदाता कोषमा सूचीकृत भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .