नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृशोक परेको छ।
बादलकी आमा नन्द कुमारी थापाको आइतबार चितवन क्षेत्रपुरस्थित निवासमा निधन भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उल्लेख गरेका छन्।
आमाको मृत्युको खबरले आफूलाई दुखित बनाएको प्रचण्डले बताएका छन्।
‘नेकपा(एमाले)का उपाध्यक्ष तथा पुर्व गृहमन्त्री राम बहादुर थापा बादलकी ममतामयी आमाको आज बिहान चितवन क्षेत्रपुर उहॅाकै निवासमा निधन भएको खबरले दुखित बनाएको छ। आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। थापासहित सम्पुर्ण शोकाकुल परिवारमा गहिरो समवेदना ब्यक्त गर्दछु।’ प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्।
प्रचण्ड र बादल सानैदेखिका दौँतरी हुन्। उनीहरुको बाल्यकाल पनि संगै बितेको थियो।
सहपाठी समेत रहेका उनीहरु लामो समय एउटै विचारधारा बोकेर राजनीतिमा होमिएका थिए।
पछिल्लो समय बादल नेकपा एमाले प्रवेश गरेका छन् भने प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष छन्।
Shares
प्रतिक्रिया