कंचनपुर सदरमुकाम महेन्द्रनगरमा सडक कालोपत्र गर्नका लागि प्रयोग भएको अलकत्रा पोल्ने गाडीमा आगलागी भएको छ।
महेन्द्रनगरस्थित सडक कालोपत्रका लागि अलकत्रा पोल्ने क्रममा गाडीमा आगो सल्केको प्रहरीले जनाएको छ।
चलिरहेको अलकत्रा बनाउने गाडीमा आगो लागेपछि ड्राइभरले भागेर ज्यान जोगाएका छन्।
अहिले भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।
‘नजिकै घरहरु छन्, आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ’उनले भने, ‘पूर्ण नियन्त्रणमा आइसकेको छैन।’
540
Shares
प्रतिक्रिया