असार १ मा काठमाडौँ ३१ नगेन्द्रकान्छा चोकबाट हराएका बालकको भारतको पटनाबाट उद्धार भएको छ। १४ वर्षीय नवीन रुवाली क्रिकेट खेल्न भनी डेराबाट निस्केका थिए।
परिवारले बालक हराएको निवेदन असार २ मा बानेश्वर प्रहरीमा दिएका थिए।
प्रहरीले खोजतलास गर्ने क्रममा बालकलाई पटनामा फेला पारेको हो।
परिवार र भारतीय प्रहरीसँगको निरन्तर समन्वय र सहकार्यमा बालकको पहिचान तथा खोजलतास गरी पटना रेल्वे स्टेसनबाट सकुशल रुपमा उद्धार गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा ल्याई अभिभावको जिम्मा लगाइएको पैहरीले जनाएको छ।
792
Shares
प्रतिक्रिया