सर्लाहीको लालबन्दीका एक युवकले आफ्नै मामाको हत्या गरेका छन्। मामाको हत्यामा संलग्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकको हत्या भएको हो। उनको हत्या आरोपमा उनका भान्जा ३१ वर्षी रवि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार शनिबार रविको काकाको तरकारी बारीमा मामाभान्जा सँगै काम गरिरहेको बेला उनीहरुबीच विवाद भएको थियो। विवादको क्रममा रविले मामा अशोकको टाउकोमा बाँसको चिर्पट प्रहार गरेका थिए।
गम्भीर घाइते अशोकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
18
Shares
प्रतिक्रिया