ad ad

समाज


आज राम र जानकीको मटकोर, भोलि विवाह

आज राम र जानकीको मटकोर, भोलि विवाह

शैलेन्द्र महतो
मंसिर १४, २०७६ शनिबार ५:२८,

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज (शनिबार) राम र जानकीको मटकोर गरिँदैछ।

शनिबार दिउँसो जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ।

बाजागाजासहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ। गंगासागरमा नित्यदिन साँझ हुने गंगा महाआरती आज मटकोरको उपलक्ष्यमा दिउँसै हुने समाजिक अभियन्ता तथा प्रदेश सांसद रामअशीष यादवले जानकारी दिए।

मटकोर सकिएपछि भोलि आइतबार जनकपुरमा भगवान राम र जानकीको डोला साट्फेर गरी स्वयम्वर र विवाहको कार्य हुनेछ।

मंसिर १० गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ । आज पाँचौदिन मटकोर , भोली आईतबार छैठौं दिन राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

यस वर्ष विवाहपञ्चमीमा प्रत्येक पाँच वर्षमा भारत उत्तर प्रदेशको अयोधयबाट आउने रामको जन्ती यसवर्ष समेत आएका छन्। विवाहपञ्चमीमा सहभागी हुन दर्शनार्थी तथा तीर्थ यात्रीहरु जनकपुर आउने क्रम जारी छ।

विवाहपञ्चमीलाई लक्षित गरी जनकपुरको सुरक्षा व्यवस्था कडा गरिएको छ। त्रेता युगमा भगवान राम र सीताबीच मंसिर शुक्ल पञ्चमीमा भएको विवाहको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .