जिल्ला अदालत सुनसरीले सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा सहमति करणीको व्याख्या गरेपछि उच्च अदालत विराटनगरमा परेको पुनरावेदन मुद्दाको सुनुवाइ सकिएको छ।
सुनसरी जिल्ला अदालतले २०७७ मङ्सिर २२ गते सहमतिमै यौन सम्बन्ध भएकाले बलात्कार नठहरिने व्याख्या गरेको थियो। महिलाले भने आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी थिइन्।
यता सिद्धबाबाले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रम्हचार्य तोडिदिएको भन्दै पुनरावेदन दिएका थिए। त्यही दुवै मुद्दालाई न्यायाधीश तिलप्रसाद श्रेष्ठ र तेज नारायण सिंह राईको इजलासले एकै ठाउँमा राखेर सुनुवाइ सकेको छ।
सुनुवाइ सकिएकाले आजै फैसला आउन सक्ने उच्च अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए।
उनले भने, ‘मुद्दाको सुनुवाइ सकिएको छ। टी टाइम (चिया खाने समय) भएकाले अहिले आदेश आएको छैन। सुनुवाइ सकिएकाले फैसला आजै आउनु पर्ने हो।’
Shares
प्रतिक्रिया