सोमबार हसिनाले आफूले प्याज खान छाडेको घोषण गरेकी हुन्।
भारतमा प्याजको उत्पादनमा कमी आएपछि गत सेप्टेम्बर महिनादेखि भारतले बंगलादेशमा प्याज आयात गर्न प्रतिबन्ध गरेको छ।
भारतले प्याज प्रतिबन्ध गरेपछि बंगलादेशमा प्याजको भाउ आकासिएको हो।
यसअघि ३० टाकामा एक केजी आउने प्याज यतिबेला २२० टाका पुगेको द गार्जेनले जनाएको छ।
उपभोक्ताको माग पूर्ति गर्नका लागि यतिबेला बंगलादेशमा म्यानमारलगायतका देशबाट प्याजको आयात भइरहेको जनाइएको छ।
हसिना सरकारले राम्रो अर्थनीति नलिएकाले तरकारीको भाउ बढेको भन्दै विपक्षी दलले आन्दोलन गर्ने बताइरहेका छन्।
बंगलादेशी सर्वसाधारणहरुले प्याजको भाउ घटाउन सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया