ad ad

समाज


हतारमा नभई प्रमाण जुटाएर सीमा विवाद हल गर्न सरकारलाई पौडेलको सुझाब

हतारमा नभई प्रमाण जुटाएर सीमा विवाद हल गर्न सरकारलाई पौडेलको सुझाब

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ९:२६,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैँले भारतसँग वार्ता गर्न सुझाब दिएका छन्।

नेपाल प्रेस युनियन झापा शाखाले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुंगिने भएकाले प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग बार्ता गर्नुपर्ने बताएका हुन्।

विवाद समाधानका लागि सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल कांग्रेससमेत तयार रहेको जानकारी दिँदै नेता पौडेलले आवश्यक प्रमाण नजुटाई हतारमा सीमा विवादको कुरालाई अन्तर्राष्ट्रियकरण नगर्न सुझाब दिए।

‘छिमेकीको हेपाहा प्रवृत्ति र नेपालको लापरवाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको छ’, नेता पौडेलले भने, ‘अहिले दुईतिहाईको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भू–भाग जतिका प्रमाण संकलन गरेर सरकार कडा रुपमा प्रस्तुत होस्।’

नेपाली का‌ंग्रेस झापा शाखाको आयोजनामा बिहीबार जिल्ला पार्टी कार्यालयमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न वरिष्ठ नेता पौडेल लगायत नेताहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, सरिता प्रसाईं र बद्रि पाण्डे झापा आएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .