प्रहरीले कीर्तिपुरको चोभारबाट अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं १४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्कालाई पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरेको हो।
बा१७च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।
प्रतिक्रिया