ad ad

समाज


सगरमाथा सिमेन्ट उद्योगको छतबाट खसेर एक मजदुरको मृत्यु, अर्का गम्भीर घाइते

 सगरमाथा सिमेन्ट उद्योगको छतबाट खसेर एक मजदुरको मृत्यु, अर्का गम्भीर घाइते

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ५:१४,

सगरमाथा सिमेन्ट उद्योगको छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ भने अर्का मजदुर गम्भीर घाइते बनेका छन्।

बुधबार दाङको घोराही उपमहानगरपालिका–३, गोग्लीस्थित सगरमाथा सिमेन्ट उद्योगमा काम गर्न दुई मजदुर छतबाट खस्दा एकको मृत्यु हुनुका साथै अर्का गम्भीर घाइते बनेका हुन्।

मृत्यु हुनेमा भारतको उडिसा घर भई हाल सोही उद्योगमा कार्यरत २७ वर्षीय अभय नायक रहेका छन्।

छतबाट खसेर गम्भीर घाइते बनेका उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा सामान्य उपचारपश्चात कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको थियो। उनको उपचारकै क्रमममा बुधबार राति साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै छतबाटै खस्दा अर्का मजदुर भारत उडिसाकै ३५ वर्षीय मानप वारिक गम्भीर घाइते रहेका छन्। उनको बायाँ आँखामाथि गम्भीर चेट लागेको र उनको अहिले कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ।

घटनाका सम्बनधमा थप अनुसन्धान भइरहेको प्रैहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .