सोलुखुम्बुमा एक व्यक्तिले आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरका छन्।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ५ बसन्त बजारका ५५ वर्षीय मोहन बराइलीले आफ्नै २५ वर्षीय छोरा र १६ वर्षीया छोरीमाथि सोमबार राति एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। एसिड प्रहारबाट घाइते छोराको अवस्था गम्भीर छ।
मादक पदार्थ खाएर घर पुगेका बराइलीले सामान्य विवादमा आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट घाइते दुबैलाई उपचारको लागि सदरमुकाम लगिएको छ। घाइते छोरीको अवस्था भने सामान्य छ।
एसिड प्रहार गर्ने बराइलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।
18
Shares
प्रतिक्रिया