ad ad

समाज


अलकत्रा बोकेको गाडीबाट सल्केको आगोले तीन घरमा क्षति

अलकत्रा बोकेको गाडीबाट सल्केको आगोले तीन घरमा क्षति

सुदीप भण्डारी
कात्तिक २२, २०७८ सोमबार २०:१९, काठमाडौँ

बुटवलको नयाँगाउँमा आगलागी हुँदा तीन घरमा क्षति पुगको छ।

सडक कालोपत्रे गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी हुँदा आसपासका घरमा सल्किएको हो।

आगलागीबाट स्थानीय गोपाल पाण्डेको घरमा ठूलो क्षति पुगेको छ। अन्य २ घरमा सामान्य क्षति भएको छ।

तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .