ad ad

समाज


महिलाको गरगहना चोरीमा संलग्न भारतीय नागरिक गाडीसहित पक्राउ

महिलाको गरगहना चोरीमा संलग्न भारतीय नागरिक गाडीसहित पक्राउ

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ११:१९,

नेपाल प्रहरीले झापाबाट चोरी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई गाडीसहित पक्राउ गरेको छ। सिलिगुरी, भारत बस्ने रघुवर प्रसाद साहलाई बुधबार राति डब्ल्युबी७४एएम२७२४ नम्बरको भारतीय गाडीसहित नियन्त्रणमा लिएको हो।

साहले झापा कमल गाउँपालिका ६ स्थायी घर भई बिर्तामोड ५ बस्ने ललिता सापकोटाको चाँदीका कल्ली दुई थान, चाँदीका सिक्का १ थान, सुनका कानमा लगाउने झुम्का एक थान, बच्चाले लगाउने चाँदीको औँठी १ थान चोरी गरेको डीएसपी माेहन थापाले बताए।

choriko gadi 1

त्यस्तै सोही स्थान बस्ने गतिा पौडेलको सुनको चुरा १ थान, पञ्चरत्न धातुको चुरा २ थान, चाँदीको ब्रासलेट १ थान र सुनको सिक्री १ थान पनि साहबाट बरामद भएको छ। त्यसैगरी साहले चोरेको मधु गुप्ताको सुनको मंगलसूत्र १ थान, चाँदीको पाउजु चार थान, रेडिमेट नेक्लेस १ थान, सुनको जितिया १ थान, सुनको कानमा लगाउने टप १ थान पनि बरामद गरेको प्रहरीले जनाएको छ।

साहबाट अन्य धेरै परिमाणमा महिलाले प्रयोग गर्ने सुन चाँदीका गरगहना समेत बरामद भएको छ। प्रहरीका अनुसार साहबाट ३८ हजार नेपाली र १३ हजार ७ सय भारु समेत बरामद भएको छ। उनले उक्त गरगहना यही कात्तिक १० गते चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा फेला परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .