सशस्त्र प्रहरी बल (एपीएफ) ले शुक्रबार रौतहट र सर्लाहीबाट लाखौँ मूल्य पर्ने चोरी पैठारीका सामान बरामद गरेको छ।
रौतहट जिल्लाको गौर नगरपालिका–१ कानोपट्टीबाट एपीएफ टोलीले करीब एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स तथा हेण्डकलका सामान बरामद गरेको छ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।
यता, सर्लाही जिल्लाको बलरा नगरपालिका–३ लक्ष्मीपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब एक लाख रुपैयाँ बराबरको चोरीनिकासीको सोफी मदिरा बरामद गरेको छ।
डीएल ८ सिवाई ४४०३ नम्बरको भारतीय स्कारपियो गाडीमा राखेर लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छतौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
एपीएफ टोलीले उक्त गाडीसमेत बरामद गरेको छ। बरामद मदिरा तथा गाडी भन्सार कार्यालय मलंगवामा बुझाइएको छ।
प्रतिक्रिया