भक्तपुरको कमलविनायकमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार राति बा ४ ख ६०७ नम्बरको बसले दुई जना पैदलयात्री र बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा काभ्रेको डाँडाबारी ३ का २० वर्षीय विकास तामाङ मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा मध्यपुर अस्पताल लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै बसको ठक्करबाट सडकमा हिँडिरहेका भक्तपुर गुण्डुका विशाल तामाङ र मोटरसाइकल चालक कागेश्वरी मनहरा-१ का ३० वर्षका प्रकाश सुनुवारको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ।
ठक्कर दिन बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया