ad ad

समाज


भारतको केरलामा भीषण वर्षा र बाढी, २७ जनाको मृत्यु (भिडिओ)

भारतको केरलामा भीषण वर्षा र बाढी,  २७ जनाको मृत्यु (भिडिओ)

नेपालखबर
कात्तिक १, २०७८ सोमबार ११:८, काठमाडौँ

भारतको दक्षिणी राज्य केरलामा लगातार वर्षा र बाढीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। ८ जना बेपत्ता भएका छन्। 

मृत्यु हुनेमा पाँच जना बालबालिका छन्। धेरै मानिस हराइरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बीबीसीले उल्लेख छ। 

बाढीले कोटायाम जिल्लाका केही घर बगाएको छ भने धेरै मानिस फसेका छन्। बाढी आएपछि सार्वजनिक भएको भिडियोमा पानीमा डुबेको बसबाट यात्रुको उद्धार भइरहेको देखिएको छ।

बाढीको कारण कोटायम र इडुक्की जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन्। अविरल वर्षाको कारण केही स्थानमा पहिरो पनि गएको छ। 

भारतको सेनाको हेलिकोप्टरबाट अहिले फसेका मानिसहरुको उद्धारकार्य चलिरहेको सम्बन्धित अधिकारीले बताएका छन्। केरलाका मुख्यमन्त्री पियारायी विजयनले आइतबार अहिलेसम्म एक हजारभन्दा धेरै मानिसको उद्धार गरिएको र एक सयभन्दा धेरै क्याम्प स्थापना गरिएको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

भारतको केरलामा अविरल वर्षापछि बाढी र पहिरो जानु नौलो भने होइन। बढ्दो सहरीकरण र अतिक्रमणको कारण यो राज्यको सुरक्षाको रुपमा रहेका धेरै तालतलाउ तथा सीमसार क्षेत्र मासिएका छन्। 

सन् २०१८ मा केरलामा आएको बाढीको कारण चारसयभन्दा धेरै मानिसको मृत्यु भएको थियो भने १० लाखभन्दा धेरै मानिस विस्थापित भएका थिए।

वर्षा र बाढीकाे भिडिओ हेर्न यहाँ क्लिक


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .