कैलालीको भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। स्थानीय भासु भीरमा पहिरो जाँदा गएरातिदेखि नै राजमार्ग अवरुद्ध भएको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार आइतबार साँझदेखि परेको वर्षाका कारण यो सडकको ठाउँठाउँमा पहिरो खसेको हो।
पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ।
गोदावरी नगरपालिकाको डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेको एसपी गौतमले जानकारी दिए।
18
Shares
प्रतिक्रिया