सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले केही बेरअघि दिएको जानकारीअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसिरहेको हो।
‘संगठनात्मक विषयमा बैठक आयोजना गरिएको हो’, प्रेस सल्लाहकार सापकोटाले सोमबार बिहान नेपालखबरसँग भने।
नेकपा माओवादी केन्द्रले यही कात्तिक १३ गते वडा र मंसिर ४ गते पालिकाहरूको सम्मेलन गर्ने तयारी गरेको छ भने पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ।
69
Shares
प्रतिक्रिया