ad ad

समाज


जयसिंह धामी मृत्यु प्रकरण : ९ हजार ५ सय हस्ताक्षर संकलन

जयसिंह धामी मृत्यु प्रकरण : ९ हजार ५ सय हस्ताक्षर संकलन

नेपालखबर
भदौ ६, २०७८ आइतबार ८:१४, काठमाडौँ

तुइनमार्फत महाकाली नदीमा तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिमबाट नौ हजार ५ सय हस्ताक्षर संकलन गरिएको छ। 

डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले जानकारी दिए।

वेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको हो। 

सङ्कलित हस्ताक्षर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने जोशीले बताए। प्रहरीले ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने खोजे पनि अझै फेला परेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .