ad ad

समाज


बुद्धको मूर्तिसहित ५ जना पक्राउ

बुद्धको मूर्तिसहित ५ जना पक्राउ

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १३:३५, काठमाडौँ

बर्दियामा बुद्धको मूर्तिसहित ५ जना पक्राउ परेका छन्। 

बिहीबार गुलरिया नगरपालिका ७ स्थित विजय गेष्ट हाउसबाट प्रहरीले सयौँ वर्ष पुरानो मूर्तिसहित ५ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ७ का ४० वर्षीय निराजन उप्रेती, बर्दिया मधुबन नगरपालिका १ का ३४ वर्षीय उज्वल रोकाय, ३४ वर्षीय अमृत राई, बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका २ का २९ वर्षीय मग बहादुर नेपाली रहेका छन्। 

पुरानो बहु मुल्य धातुको मुर्ति करोडौं रुपैयाँमा किनबेच गर्न लागेको सूचनाका आधारमा पक्राउ गरिएको बर्दियाका प्रहरी प्रवक्ता डीएसपी हेमबहादुर शाहीले जानकारी दिए। 

उक्त होटलको कोठा नं. ३२८ मा चेकजाँच गर्दा किनबेचकोा तयारी भइरहेको थियो। 

बरामद गरिएको पुरातत्विक मुर्ति ७ किलो ७०२ ग्राम तौल र ९.५ इन्च उछाइको रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .