ad ad

राजनीति


दल फुटाउने अध्यादेशले लोकतन्त्र र संघीयताको रक्षा गर्छ : प्रचण्ड

दल फुटाउने अध्यादेशले लोकतन्त्र र संघीयताको रक्षा गर्छ : प्रचण्ड

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १३:३०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन सरकारले २० प्रतिशत थ्रेस होल्डसहित ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले संघीयता, लोकतन्त्र र अहिलेको व्यवस्थालाई रक्षा गर्ने दाबी गरेका छन्।

समाजवादी केन्द्रले काठमाडौंमा बिहीबार आयोजना गरेको कार्यक्रमले सरकरले मंगलबार ल्याएको उक्त अध्यादेशले कसैलाई हानी नगर्ने जिकिर गरे। 

'केपी ‌ओलीले अध्यादेश ल्याउँदा चर्को विरोध भएको थियो। तर म के चाहिँ कुरा भन्छु भने एउटा अध्यादेशको उद्धेश्य लोकतन्त्र सिन्धायउनु थियो', उनले भने, 'तर यो अध्यादेश चाहिँ लोकतन्त्र, संघीयता र अहिलेको व्यवस्था जोगाउ ल्याइएको हो।'

यो अध्यादेशले गणतन्त्रको पनि रक्षा गर्ने जिकिर प्रचण्डले गरेका हुन्। 'लोकतन्त्र मास्न ल्याएको अध्यादेश र जोगाउन ल्याएकोलाई उस्तै उस्तै हो भन्नु गलत हो,' उनले अगाडि भनेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .