नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमणमुक्त हुने भन्दा संक्रमित हुनेको संख्या झण्डै दोब्बर पुगेको छ।
आज १ हजार २५८ जना संक्रमणमुक्त भएकोमा २ हजार ४४५ जना संक्रमित भएका छन्।
११ हजार ६६४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
आज ३२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको छ।
यस्तै, आज काठमाडौं उपत्यकामा ४७४ संक्रमित थपिएका छन्। जसमा काठमाडौं ३३०, ललितपुर ५६ र भक्तपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको हो।
180
Shares
प्रतिक्रिया