ad ad

समाज


जेल सजाय भोग्न दक्षिण अफ्रिाकाका पूर्व राष्ट्रपति जुमा आफैं पुगे प्रहरीकोमा

जेल सजाय भोग्न दक्षिण अफ्रिाकाका पूर्व राष्ट्रपति जुमा आफैं पुगे प्रहरीकोमा

जेकब जुमा


नेपालखबर
असार २४, २०७८ बिहिबार १३:३४,

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमा जेल सजाय भोग्नको लागि आफैं प्रहरीकोमा पुगेका छन्।

अदालतको मानहानिका लागि जेल सजाय भोग्न उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ।

स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउन्डेसनले जनाएको छ।

दिनको अन्त्यसम्ममा आत्मसमर्पण नगरे ७९ वर्षका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो।

अदालती सुनुवाइमा उपस्थित हुन नसकेका कारण जुमालाई गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो।

आइतवार आत्मसमर्पण गर्न अस्वीकार गरेपछि जुमालाई निश्चित समय उपलब्ध गराइएको थियो।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

उनको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ।

तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .