यो परीक्षण शुक्रबारदेखि अस्ट्रेलियामा थालिएको हो। फेसबुकका अनुसार यो परीक्षणकालमा केही प्रयोगकर्ताले मात्र लाइक्सको संख्या देख्न सक्नेछैनन्।
अर्थात् अस्ट्रेलियाका सबै प्रयोगकर्तामा एकैपटक यो परीक्षण गरिएको छैन।
गत जुलाईदेखि फेसबुकको मातहतमा रहेको संस्था इन्स्टाग्राममा लाइक्स नदेखिने फिचर प्रदान गरिएको छ। सोही फिचर फेसबुकमा परीक्षणको रुपमा थालनगी गरिएको हो।
फेसबुकका अनुसार लाइक्स संख्या नदेखिनाले यसले प्रयोगकर्तामा सामाजिक तनाव र दबाब कम उत्पन्न हुन्छ।
धेरै लाइक्स आउँदा मानिसहरु खुशी र थोरै लाइक्स आउँदा दुखी हुने गरेको पाइएपछि मानिसको मनोविज्ञान बुझ्नको लागि यो परीक्षण थालिएको बताइएको छ। बीबीसी
प्रतिक्रिया