ad ad

प्रविधि


हुवावेको ‘टेक फर अल’ कार्यक्रमः ५ वर्षमा ५० करोड मानिसलाई फाइदा हुने

हुवावेको ‘टेक फर अल’ कार्यक्रमः ५ वर्षमा ५० करोड मानिसलाई फाइदा हुने

नेपालखबर
असोज १, २०७६ बुधबार ११:५५,

चिनियाँ स्मार्टफोन तथा दूरसञ्चार सामग्री निर्माता कम्पनी हुवावेले आगामी ५ वर्षमा ५० करोड मानिसलाई फाइदा पुग्ने गरी टेक फर अल कार्यक्रम सार्वजनिक गरेको छ।

चीनको सांघाईमा बुधबार सार्वजनिक गरेको कार्यक्रमको मूल उद्देश्य डिजिटल प्रविधिबाट कोही पनि पछाडि नपरुन् भन्ने रहेको कम्पनीले जनाएको छ। हुवावे कनेक्ट २०१९को टेक फर अल सम्मेलनमा हुवावेका उपप्रमुख केन हुले सम्बोधन गरेका थिए।

उनले टक फर अल कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका थिए। टेक फर अलले ५० करोड मानिसलाई फाइदा हुने कम्पनीले जनाएको छ।

यस कार्यक्रमलाई हुवावेले डिजिटल इन्क्लुजन अर्थात् डिजिटल समावेशीकरण भनेको छ। प्रविधिले सबै मानिसलाई फाइदा पुग्नुपर्ने जनाउँदै कम्पनीले यसले व्यक्ति, घर र संस्थालाई फाइदा पुग्नुपर्ने जनाएको छ। टेक फर अलले प्रविधि, एप्लिकेसन र स्किल्सलाई फोकस गर्ने हुले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .