ad ad

कारोबार


चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु

चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु

नेपालखबर
असोज १, २०७६ बुधबार १२:३,

दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ। इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्।

मेला उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने एक्स्पो तथा मेलाले टेवा पुर्याउने बताए। ‘इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि समान किन्ने अवसर प्रदान गर्ने भएकाले नै चेम्बरले एक्सपोलाई प्रवद्र्धन गरेको हो’ चेम्बर अध्यक्ष श्रेष्ठले भने।

ब्राण्डिङमा व्यवसायीलाई पनि मेलाले सहयोग पुर्याउने बताएका चेम्बर अध्यक्ष श्रेष्ठले प्रदर्शनीस्थलको सही व्यवस्थापन नहुँदा आयोजक तथा प्रदर्शकहरुले समस्या झेल्नु् परिरहेको बताए।
असोज २ देखि ६ गतेसम्मका लागि बुकिङ भैसकेको अवस्थामा समाज कल्याण परिषदले एकाएक मेलालाई एक दिन अघि सार्न लगाएको भन्दै सम्झौता अनुसारको काम गरेर व्यवसायीलाई दु:ख दिन नहुने बताए।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो्। ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ। एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए।

विगत वर्षका मेला अधिक रुचाइए पछि यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको हो। मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ। यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ।

मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ। बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए। रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअल तथा पाटसर्् सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समुहले निरन्तर सहभागिता जनाउने छ।

‘अफरै अफरको ब्यापारिक मेला शपिंग गर्ने यहि हो बेला’ भन्ने अर्को नारासहित सुरु भएको मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ। जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन्।’ इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु समेत सञ्चालन हुनेछ।

एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गरेको हो। ६० हजार उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .