ad ad

राजनीति


कांग्रेसलाई कानूनमन्त्रीको जवाफः गल्ती गरेका कोही उम्कन पाउँदैनन्

कांग्रेसलाई कानूनमन्त्रीको जवाफः गल्ती गरेका कोही उम्कन पाउँदैनन्

नेपालखबर
असोज १, २०७६ बुधबार ११:५५,

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै बुधबार बाँके घटनाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाई सरकारका तर्फबाट जवाफको माग गरेपछि कानूनमन्त्री ढकालले घटनाका दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन।

यस सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएअनुसार नै कारबाहीको प्रक्रिया अघि बढ्ने मन्त्री ढकालले स्पष्ट पारे।

बैठकको प्रारम्भमा कांग्रेसका दिलेन्द्रप्रसाद बडूले सरकार समर्थित समूहले नै कांग्रेसका बाँके सभापति किरण कोइरालाको हात भाँचेको आरोप लगाउँदै राजनीतिकरण गर्दा सत्य मर्दछ भन्नेमा सचेत हुन ध्यानाकर्षण गराएका थिए। घटनाका सम्बन्धमा सरकारका तर्फबाट जवाफ आउनुपर्ने उनले माग गरेका थिए।

निवेदन दर्ता भए पनि कुनै व्यक्ति नसमातिएको र दोषीले धम्की दिँदै हिँडिरहेकोले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने सांसद बडूको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .